जटिल बन्दै डा. केसीकाे स्वास्थ्य, डडेल्धुरा अस्पतालबाट अन्यत्रै सार्ने तयारी
काठमाडौं : अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट ‘रेफर’ गरिने भएको छ।
डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि जिल्लाबाहिर लैजाने तयारी गरिएको हो। उनलाई कैलाली वा काठमाडौं रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।
अनशनको पाँचौं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा अनशन नबस्ने डा. केसीको अडान भए पनि स्थानीय नागरिक समाजको दबाबपछि डडेल्धुरा अस्पताल सारिएको थियो।
केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको चिकित्सकहरूले बताए। डा. केसीको शरीरमा पानीको मात्रा घटेको, कमजोर हुँदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए।
स्वास्थ्य अवस्था निकै कमजोर बनेपछि उनको विरोधका बाबजुत स्लाइन चढाइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण