जटिल बन्दै डा. केसीकाे स्वास्थ्य, डडेल्धुरा अस्पतालबाट अन्यत्रै सार्ने तयारी
काठमाडौं : अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट ‘रेफर’ गरिने भएको छ।
डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि जिल्लाबाहिर लैजाने तयारी गरिएको हो। उनलाई कैलाली वा काठमाडौं रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।
अनशनको पाँचौं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा अनशन नबस्ने डा. केसीको अडान भए पनि स्थानीय नागरिक समाजको दबाबपछि डडेल्धुरा अस्पताल सारिएको थियो।
केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको चिकित्सकहरूले बताए। डा. केसीको शरीरमा पानीको मात्रा घटेको, कमजोर हुँदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए।
स्वास्थ्य अवस्था निकै कमजोर बनेपछि उनको विरोधका बाबजुत स्लाइन चढाइएको छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा