कान्तिमा अक्सिजन प्लान्ट राख्न महानगरकाे सहयाेग
काठमाडौं : काठमाडौं महानगरपालिकाले अक्सिजन प्लान्ट राख्न कान्ति बाल अस्पताललाई सहयोग गर्ने भएको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा.डा. आरपी विच्छाले शुक्रबार आर्थिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।
यसका लगि दुई करोड रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिँदै प्रमुख शाक्यले खरिद प्रक्रिया अघि बढाउन आग्रह गरे। उनले महानगरपालिकाले पूर्वाधार र सम्पदाको क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै प्राथमिकतामा राखेकाे बताए।
निर्देशक बिच्छाले अक्सिजनमा मात्रै वार्षिक करिब ६३ लाख खर्च हुने गरेको जानकारी गराए। रकम अभावमा रातो स्टिकर टाँसेको भवनबाट सेवा प्रवाह गर्नुपरेको गुनासोसमेत उनको छ ।
०५२ को दरबन्दीले अहिलेसम्म चलाउनुपरेको र सरकारले कर्मचारीको तलबका लागि आउने बजेटसमेत घटाएर पठाएको उनकाे गुनासाे छ।
हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सांसद दीपक निरौला पनि सहभागी थिए। रक्षामन्त्री पोखरेलले कान्ति अस्पतालकाे समस्या समाधान गर्न स्थानीय तह, प्रदेश र केन्द्र सरकार लाग्ने बताए।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा