डडेल्धुरामा अनसनरत डा केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन
काठमाडौं: चिकित्सा शिक्षामा सुधारको माग राख्दै डडेल्धुरा पुगी आमरण अनसनरत डा गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
सोलिडारीटी फर डा केसी अलाइन्सको आयोजनामा प्रदर्शन भएको हो । १७ औँ पटकको अनसनमा रहेका डा केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन भएको हो । ।
प्रदर्शनकारीहरुले डा केसीले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । उनीहरुले डा केसीको समर्थन र सरकारविरुद्ध विभिन्न नारा लेखिएका टोपी लगाउनुका साथै प्लेकार्ड बोकेका थिए ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा