नेपाल क्यान्सर हस्पिटल तथा कोरियाको छोन्नम हस्पिटलबीच सहकार्य गर्ने विषयमा सम्झौता
ललितपुर : ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर र दक्षिण कोरियाको छोन्नम नेशनल यूनिभर्सिटी ह्वासुन हस्पिटलबीच क्यान्सर उपचार, रिसर्च,मानव संसाधन तथा शैक्षिक तालिमको आदानप्रदान लगायतका विविध विषयमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ तथा कोरियाका छोन्नम हस्पिटलबाट आएका प्रतिनिधिले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता पत्रमा दुई अस्पतालले आ आफ्नो देशमा भएको अनुभव, ज्ञान प्रविधि आदानप्रदान गर्ने तथा संयुक्त रुपमा क्यान्सर लगायतका अन्य मेडिकल विषयमा रिसर्च एवं कार्यक्रमहरु गर्ने उल्लेख छ।
दक्षिण कोरियाको उत्कृष्ट हस्पिटलमध्येको छोन्नम नेशनल यूनिभर्सिटी ह्वासुन हस्पिटलसँग सहकार्य गर्न पाउनु क्यान्सरका बिरामी र नेपाल क्यान्सर अस्पतालका लागि ठुलो अवसर भएको डा सुदिपले बताए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित