प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम
हेटौँडा : ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत प्रदेश ३ का ९३ वटा विद्यालयमा स्टाफ नर्स परिचालन गरिएको छ। उनीहरू बिहीबार नै विद्यालयमा खटिएको जनाइएको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत विद्यालयस्तरबाटै बालबालिकालाई सरसफाइ, स्वस्थ खानपान, किशोरकिशोरी शिक्षालगायत विषयमा अभ्यस्त गराउन तथा विद्यालयमा अध्ययनरत बालबालिकाको प्राथमिक स्वास्थ्योपचारका लागि स्वास्थ्य परिचारिकाका रूपमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिएको हो।
यो कार्यक्रम अनुसार गत वर्ष नमना योजनाका रूपमा प्रदेशका विभिन्न २० वटा विद्यालयमा २० जना नर्स नियुक्त गरिएको थियो।
राससका अनुसार उक्त कार्यक्रम प्रभावकारी भएसँगै मन्त्रालयले हाल प्रदेशका अन्य ९३ वटा विद्यालयका लागि नर्स नियुक्त गरी परिचालन गरेको मन्त्रालयले जनाएको छ। प्रदेशका ११९ वटा स्थानीय तहका एक एक विद्यालयमा यो वर्ष नर्स नियुक्त गर्ने कार्यक्रम तय भएको र बाँकी नर्स पनि छनोट गरी पठाउने योजना रहेको प्रदेश ३ को स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रमेश अधिकारीले जानकारी दिए।
प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले गत वर्ष नमुना कार्यक्रमका रुपमा लागू गरिएको विद्यालयमा कार्यक्रम निकै नै प्रभावकारी भएकाले आफूहरू उत्साहित भएको बताए। उनले दीर्घकालीन सोचका साथ अघि बढाइएको कार्यक्रम प्रदेश ३ का सबै विद्यालयमा कार्यान्वयन गरिने जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण