‘सरकारी कोटामा पढेका डाक्टरलाई दुई वर्षमात्र सरकारी सेवामा लगाउनू’
काठमाडौं : सर्वोच्च अदालतले सरकारी कोटामा एमबीबीएस पढेका डाक्टरहरूलाई दुई वर्षमात्र सरकारी अस्पतालमा सेवा गर्न लगाउन आदेश दिएको छ।
ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा सरकारी कोटामा एमबीबीएस पढेकाहरूका लागि चार वर्ष सेवा गर्नुपर्ने व्यवस्था थियो। त्यो व्यवस्था खारेज गर्न माग गर्दै डाक्टर उज्वल पौडेल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
उनको रिटमा सुनुवाइ गर्दै बुधबार न्यायाधीश बमकुमार श्रेष्ठले यसअघिको सर्वोच्च अदालतकै फैसलालाई आधार मान्दै दुई वर्षमात्र सेवा गरे पुग्ने गरी अन्तरिम आदेश दिएको हो।
सर्वोच्चले यसअघि २०७३ साल भदौ ५ गते सरकारी कोटामा पढेका विद्यार्थीले दुई वर्ष सरकारी अस्पतालमै सेवा गर्नुपर्ने गरी फैसला गरेको थियो।
शिक्षा मन्त्रालय आफूले छात्रवृत्ति दिएर पढाएका विद्यार्थीलाई दुई वर्ष सेवा गरे पुग्ने नियम बनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित