साढे तीन महिनामा १४ हजार ६६२ जनालाई डेंगु
काठमाडौं : साउनयता मुलुकभर १४ हजार ६६२ जना डेंगुबाट संक्रमित भएका छन्।
साउन १ गतेदेखि कार्तिक १८ गतेसम्मको तथ्यांक बुधबार सार्वजनिक गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकभर साढे तीन महिनाको अवधिमा सो संख्यामा मानिस डेंगुबाट संक्रमित भएको जनाएको हो।
महाशाखाका अनुसार यो साढे तीन महिनाको अवधिमा प्रदेश १ मा एक हजार २४६ जनामा डेंगु देखिएको छ। प्रदेश २ मा २६८, प्रदेश ३ मा सात हजार १५१ र गण्डकी प्रदेशमा तीन हजार ८०७जनामा डेंगु देखिएकाे छ। त्यस्तै प्रदेश ५ मा एक हजार ९७७, कर्णाली प्रदेशमा ७३ जना र सुदूरपश्चिम प्रदेशमा १४० जनामा डेंगुको संक्रमण महाशाखले जनाएको छ।
महाशाखाका अनुसार यो वर्ष डेंगुका कारण ६ जनाले ज्यान गुमाएका छन्। काठमाडौंमा दुई जना, सिन्धुपालचोक, सुनसरी, चितवन र डोटीमा १–१ जना गरी ६ जनाले डेंगुको संक्रमणबाट ज्यान गुमाएका हुन्।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण