चिकित्सा शिक्षा आयोगमा चार निर्देशक माग
काठमाडौं : चिकित्सा शिक्षा आयोगका चारवटा निर्देशनालयका लागि निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाएको छ।
नाम सिफारिस समितिले मंगलबार सूचना जारी गरी चार निर्देशक नियुक्तिका लागि प्रक्रिया अघि बढाएको हो। निर्देशकका लागि याेग्यता पुगेका व्यक्तिले कात्तिक २१ भित्र र बायोडाटा र ५०० शब्दमा नबढाई व्यक्तिगत सोच राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालय वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखामा पठाउन भनिएको छ।
चिकित्सा शिक्षा आयोगमा मापदण्ड तथा प्रत्यायन, योजना समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी चारवटा निर्देशनालय छन्। निर्देशकको पदावधि चार वर्षको हुने उल्लेख छ। कामकाे आधारमा अर्को एक अवधि पुनः नियुक्ति हुनसक्ने पनि उल्लेख छ।
चिकित्सा शिक्षा आयोगले सोमबार पूर्णता पाएको थियो। आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त सदस्य पदका लागि सदस्यहरू मनोनयन गरेका थिए।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको सिफारिसमा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐनको दफा ५ बमोजिम १० व्यक्ति तथा संस्था मनोनयन गरेका हुन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित