भेरी अस्पतालमा ‘इपोफिट’ अभाव
नेपालगञ्ज : भेरी अस्पतालमा मिर्गौला बिरामीका लागि प्रयोग गरिने इपोफिट सुईको अभाव भएको छ। यससँगै डायलासिसका लागि भेरी अस्पतालमा आउने बिरामी सुई लगाउनबाट बञ्चित भएका छन्।
अस्पतालकै फार्मेसीले उक्त सुई महँगो भन्दै नल्याउने र बजारमा रहेका अन्य मेडिकलमा नपाइने गरेपछि बिरामीले विगत एक महिनादेखि इपोफिट सुई लगाएका छैनन् ।
नेपालगञ्जको बजार मूल्यअनुसार एक हजार ४०० रुपैयाँ पर्ने इपोफिट बजारमा नपाइएपछि अहिले बिरामीहरू दुई हजार १०० देखि दुई हजार ५०० रुपैयाँ सम्म रकम तिरेर महँगोमा अर्को सुई लगाउन बाध्य छन्। भारतको बहराइचमा सुई सहजै पाइने भए पनि महँगोमा उस्तैखाले अर्को सुई बिक्री गर्न पाइने भन्दै यहाँका मेडिकल सञ्चालकले इपोफिट सुई ल्याउन चासो नदेखाएको मिर्गौला बिरामीहरूको गुनासो छ।
भेरी अस्पतालमा अहिले दैनिक चारजनाले डायलासिस गराइरहेका छन्। डायलासिस गरेका शतप्रतिशतले हप्तामा एक वा महिनामा दुई पटक इपोफिट सुई लगाउनुपर्छ। तर अहिले एक महिनादेखि बजारमा सुई अभाव देखिएकाले कतिपयले महँगोमा अर्कै कम्पनीको सुई लगाइरहेका छन्। मिर्गौलाका बिरामी इन्द्र श्रेष्ठले भने, ‘मजस्ता आर्थिक अभाव भएका १० भन्दा बढी बिरामीले एक महिनादेखि इपोफिट सुई लगाउन सकेका छैनौँ।’
उक्त सुईको अभावसँगै बिरामीको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ। भेरीमा रहेका चार वटामध्ये दुईवटा मेशिन बिग्रेको करीब ६ महिना भइसक्दा पनि उक्त मेसिन बनाउनतर्फ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रूपानन्द अधिकारी मौन रहेको अस्पताल स्रोतकै भनाइ छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित