मेडिकल कलेजको शुल्क विवादलाई लिएर काउन्सिलले छानबिन समिति बनाउने
काठमाडौं: नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजमा देखिएको शुल्क विवाद सम्बन्धमा छानविन समिति बनाउने भएको छ ।
सोमबार काउन्सिलले मेडिकल कलेजमा भइरहेको शोषण र कलेजले लिएको बढी शुल्क फिर्ता लगायतका घटनामा ध्यानाकर्षण गर्दै विज्ञप्ति जारी गरेको हो। योसँगै काउन्सिलले मेडिकल कलेजहरुमा स्थलगत अनुगमन गर्ने र दोषी देखिएमा कारवाही गर्न चिकित्सा शिक्षा आयोगलाई लेखी पठाउने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ।
आफूहरुबाट लिएको बढी शुल्क फिर्ताकाे माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीलाई कुटपीट गर्ने, डर, त्रास र धम्की देखाउने लगायतका विषयमा काउन्सिलले सम्बन्धित मेडिकल कलेजका सञ्चालक एवं पदाधिकारीसँग छलफल गरी कारबाही प्रक्रिया अगाडि बढाउन पनि आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण