Health TV Online
Health TV Online
Health TV Online

नगरपालिकाभरका विद्यालयमा सेनेटरी प्याड निःशुल्क

नगरपालिकाभरका विद्यालयमा   सेनेटरी प्याड निःशुल्क

सल्यान : शारदा नगरपालिकाले छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गरेको छ। महिनावारी भएको समयमा पनि विद्यालयमा छात्राहरू नियमित गराउन नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको हाे।

महिनावारी भएको बेला छात्राहरु विद्यालय आउन गाह्रो मान्ने गरेकाले नगरभित्रका सबै माध्यमिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरिएको नगरप्रमुख सुरेश अधिकारीले जानकारी दिए।

शिवजन माविका ६०० छात्रासहित नगरभित्रका ३५ वटा विद्यालयका करिब एक हजार ८०० छात्रालाई निःशुल्क रूपमा सेनेटरी प्याड वितरण गरिएको छ।

घरमा महिनावारी भए विद्यालय नआउने,  विद्यालयमा भए बीचैमा कक्षा छोडेर जाने समस्या खेप्दै आएकाले अब यो समस्या हट्ने विश्वास लिएको शिवजन माविका प्रधानाध्यापक हिरालाल नेपालीले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार