प्रा. डा. केसीद्वारा डडेल्धुरामा अनशन शुरु
काठमाडौं : पूर्वसहमति कार्यान्वयन गर्न माग गर्दै चिकित्सक प्रा. डा. गोविन्द केसीले डडेल्धुरामा अनशन शुरु गरेका छन्। डडेल्धुरास्थित एक निजी घरमा उनले १७औँ अनसन शुरु गरेका हुन्।
गत असोजको अन्तिम सातात्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिएपछि डा. केसीको यो पहिलो अनशन हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिने क्रममा उनले पत्रकार सम्मेलन गरी सरकारलाई आफ्ना माग पूरा गर्न कात्तिक १३ गतेसम्मको ‘अल्टिमेटम’ दिएका थिए। तिहार र छठको कारण भन्दै उनले सोमबार अनशन शुरु गरेका हुन्।
प्रा. डा. केसीले नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असूल गरेको रकम फिर्ता गर्नुपर्ने, नेताहरू उपचारका लागि सरकारी खर्चमा विदेश जान रोक्नुपर्ने, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाही हुनुपर्ने लगायतका माग राखेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित