Health TV Online
Health TV Online
Health TV Online

अनशन बस्न डडेल्धुरा पुगे डा. केसी

अनशन बस्न डडेल्धुरा पुगे डा. केसी

काठमाडौं:  चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटकपटक अनशन बस्दै आएका डा गोबिन्द केसी आज पुन १७ औं अनशन बस्दै छन् ।

त्रिवि शिक्षण अस्पतालबाट तीन साता अघि मात्र अवकास पाएका डा केसीले यसपटक डडेल्धुराबाट अनशन शुरु गर्ने बताएका छन्। हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा केसीले भने, ‘मेरो १७ औं अनशन डडेल्धुराबाट शुरु गर्दैछु । भर्खर डडेल्धुरा आइपुगें यहींबाट अनशन शुरु गर्छु । कुन ठाउँमा बस्ने भन्ने कुरा चाहिं टुंगो लागेको छैन।’

उनले थपे,’आज साँझ सम्म सरकारलाई अल्टिमेटम भएकाले साँझसम्म पनि मागहरु सम्बोधन नभए यहींबाट मेरो सत्याग्रह शुरु हुन्छ।’

यसपटक उनले नेपालका सबै निजी मेडिकल कलेजले अवैधरुपमा असूल गरेको रकम फिर्ता गरिनुपर्ने, नेताहरु उपचारका लागि सरकारी खर्चमा विदेश जान रोक्नुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुनुपर्ने लगायतका मागहरु राखेका छन्।

यसअघि उनी १६ औं चरणको अनशन इलाममा बसेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार