Health TV Online
Health TV Online
Health TV Online

सवारी दुर्घटनामा डाक्टर र नर्सकाे मृत्यु

सवारी दुर्घटनामा डाक्टर र नर्सकाे मृत्यु

काठमाडौं : कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगामा सडक दुर्घटनामा एक डाक्टर र एक नर्सको मृत्यु भएको छ।

सोमबार बिहान बुढीगंगा गाउँपालिका–१ मा को १ ख ७२३२ नम्बरको बसले ठक्कर दिँदा को २७ प १०२२ नम्बरको मोटरसाइकलमा सवार डाक्टर शुभलाल माझी र नर्स अञ्जलीकुमारी माझीको ज्यान भएको हो।

बुढीगंगा गाउँपालिका–५ का ५२ वर्षीय शुभलाल र २६ वर्षीया अञ्जली बाबुछोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठलाई उद्धृत गर्दै आवर विराटनगर नेटले जनाएको छ।

शुभलाल नेत्ररोग विशेषज्ञ र छोरी अञ्जलीकुमारी विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिस्ट अस्पतालकी नर्स हुन्।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो। ठक्कर दिने बसका चालक सिरहाको धनगढी १२ का ३४ वर्षीय सन्दीप खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार