कावासोतीमा रक्तसञ्चार केन्द्र स्थापना
नवलपरासी : पूर्व नवलपरासीको कावासोतीमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ। उपचारको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस उपशाखा कावासोतीले जिल्लामा नै पहिलोपटक रक्तसञ्चार केन्द्र स्थापना गरेको हो।
‘हिल्फे बेलिङ्ग्रिस ई भी जर्मनी’को ४६ लाख रूपैयाँ सहयोगमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले जानकारी दिए। २०० युनिट रगत संकलन गर्न सकिने गरी ‘डी’ समूहको रक्त सञ्चार केन्द्र स्थापना गरिएको सभापति न्यौपानेले बताए।
रक्त सञ्चार केन्द्र सञ्चालन गर्न तत्कालका लागि प्राविधिक सहयोग क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरले गर्नेछ। केही समयपछि स्थानीय स्तरबाट नै प्राविधिक उत्पादन गर्ने गरी तालिम प्रदान गरिने सभापति न्यौपानेले जानकारी दिए।
रक्त सञ्चार स्थापना भएसँगै नवलपरासीपूर्व नवलपुरमा रगत आवश्यक पर्ने बिरामीलाई यहीबाट रगत उपलब्ध हुनेछ। नवलपुरमा दुर्घटनाका घटना धेरै हुने गरेकाले त्यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत तत्काल प्रदान गर्न सकिने छ।
जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना भए पनि यहाँ रहेका अस्पतालमा संकलित रगत खपत हुने अवस्था नरहेकाले क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत चितवनमा रगत पठाइने उनले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित