Health TV Online
Health TV Online
Health TV Online

धुलिखेल अस्पताल पुगेर देउवाले भेटे बस दुर्घटनाका घाइतेलाई

धुलिखेल अस्पताल पुगेर देउवाले भेटे बस दुर्घटनाका घाइतेलाई

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सोमबार बिहान धुलिखेल अस्पताल पुगेर सभापति देउवाले त्यहाँ उपचाररत घाइतेहरूलाई भेटेर उपचारमा पार्टीको तर्फबाट पूर्ण सहयोग हुने आश्वासन दिए। उनले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे।

धुलिखेलअस्पतालमा सुकुटे दुर्घटनाका करिब ४० घाइते उपचाररत छन्। सभापति देउवासँगै पूर्वमन्त्री एवं कांग्रेसका नेता मोहनबहादुर बस्नेतलगायत स्थानीय नेता अस्पताल पुगेका थिए।

अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार बस दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो अन्य यात्रु घाइते भएका थिए। दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार