सरकारी अस्पताललाई ताइवानीले दिए भिडियो एक्सरे मेसिन
तनहुँ : जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पताललाई ताइवानी रोटरियनले भिडियो एक्सरे मेसिन सहयोग गरेको छ।
दमौली अस्पतालले प्रवाह गर्ने सेवालाई थप गुणस्तरीय बनाउनका लागि रोटरी क्लब अफ ताइपेइ र रोटरी क्लब अफ पातेसुतेको सहयोगमा रोटरी क्लब अफ दमौलीले अस्पताललाई करिब आठ लाख रूपैयाँ पर्ने भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो।
उक्त मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई हस्तान्तरण गर्दै पूर्वसंविधानसभा सदस्य एवं क्लबका पूर्वअध्यक्ष रामचन्द्र पोखरेलले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले अस्पतालमा सेवा लिन आउने बिरामीलाई मेसिनले सहज हुने बताउँदै सही सदुपयोग गर्ने प्रतिबद्धता जनाए।
अस्पतालका डा रामहरि दाहालले उक्त मेसिनबाट ट्युमर, मिर्गौलामा पत्थरी र फोक्सोमा पानी जमेको पत्ता लगाउन सकिने जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण