Health TV Online
Health TV Online
Health TV Online

नर्सिङ संघको निर्वाचन पुसमा

नर्सिङ संघको निर्वाचन पुसमा

काठमाडौं : नर्सहरूको छाता संगठन नेपाल नर्सिङ संघको नयाँ कार्य समितिको निर्वाचन आगामी पुस ९ गते हुने भएको छ। संघको १९औँ कार्यसमितिको निर्वाचन निर्धारित समयभन्दा करिब डेढ वर्ष ढिला गरी हुन लागेको हो।

आगामी मंसिर ९ गतेसम्म सदस्यता दर्ता गर्न संघले समयसीमा निर्धारण गरेको छ। निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा लक्ष्मी राईलाई तोकेको छ।

संघमा हाल करिब १३ हजार नर्स आबद्ध छन्। नेपाल नर्सिङ काउन्सिलमा दर्ता हालसम्म ५५ हजार ५३५ नर्स र ३३ हजार ४६७ अनमी छन्।

संघीय संरचनाअनुसार संघको नयाँ नेतृत्व चयन हुने संघका अध्यक्ष प्रा तारा पोखरेलले जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार