Health TV Online
Health TV Online
Health TV Online

समायाेजनकाे असर : जिल्ला अस्पतालमै छैनन् चिकित्सक

समायाेजनकाे असर : जिल्ला अस्पतालमै छैनन् चिकित्सक

सोलुखुम्बु : जिल्ला अस्पताल फाप्लु चिकित्सकविहीन बनेको छ। प्रदेश सरकारले डाक्टर नपठाउँदा सामान्य रोगको उपचार समेत नहुने भएको हो

बिरामीलाई ओखलढुंगाको मिसन अस्पताल र काठमाडौँ पठाउने गरिएको छ। सोलुखुम्बुमा एक जनाले पनि समायोजनमा नरोज्दा जिल्ला अस्पताल नै खाली हुने अवस्था आएको हो।

तीन चिकित्सक र ४० हाराहारीमा स्वास्थ्यकर्मी रहेको सोलुखुम्बुको जिल्ला अस्पतालमा अहिले दरबन्दीका तीन स्वास्थ्यकर्मी मात्र बाँकी छन्। प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा दरबन्दी पनि घटेर अहिले १८ जनामा सीमित भएको छ।

प्रदेश सरकारले गरेको कर्मचारी समायोजनमा यहाँका सबै डाक्टर र स्वास्थ्यकर्मीले अन्यत्रै रोजेकाले अस्पताल चिकित्सकविहीन बनेको हो। अस्पतालमा प्रसूति सेवासमेत नहुँदा जिल्लाका विकट ठाउँका गर्भवती ओखलढुंगा धाउन बाध्य छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार