भूकम्पकाे साढे चार वर्ष बित्दा पनि बनेनन् स्वास्थ्य संस्थाका भवन
भक्तपुर : विनाशकारी भूकम्पको साढे चार वर्ष बित्दा पनि पुनर्निर्माण हुन नसक्दा जिल्लाका स्वास्थ्य संस्था पुरानै भवनबाट सेवा दिइरहेका छन्। एकातिर स्वास्थ्यकर्मी जोखिम मोल्न बाध्य छन् भने अर्कोतर्फ सेवाग्राही आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित भइरहेका छन्।
एक जिल्ला अस्पताल १९ स्वास्थ्य चौकी, दुई प्राथमिक स्वास्थ्य केन्द्र र दुई आयुर्वेदिक स्वास्थ्य केन्द्र पुनर्निर्माण हुनुपर्ने अवस्थामा छन्। तीमध्ये चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको भवनबाहेक अन्य भवन बनेका छैनन्।
ब्रिटिस रेडक्रसको सहयोगमा निर्माण भएको सुडालको नगरपालिकालाई हस्तान्तरण पनि भइसकेको छ। अन्य स्वास्थ्य केन्द्रको हालत भने पुरानै छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार भक्तपुरमा मात्र ३ स्वास्थ्य संस्थाको भवन निर्माणका लागि कार्यक्रम आएको छ। यसका लागि भारतीय सरकारका तर्फबाट एक्जिम बैंकले सहयोग गर्ने भनिए पनि यी भवन पुनर्निर्माणको पहल हुन सकेको छैन।
निर्माणका लागि उपयुक्त जग्गा नहुँदा पुनर्निर्माणमा भएको ढिलाइ भएको इकाइको भनाइ छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण