धुलिखेल अस्पताल परिसरमा बन्दै डायबेटिज सेन्टर
काभ्रे : लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले धुलिखेल अस्पताल लायन्स डायबेटिज सेन्टर सञ्चालनमा ल्याउने भएको छ।
फाउन्डेसन र धुलिखेल अस्पतालले डेढ करोड रूपैयाँ लगानीमा सेन्टर स्थापना गर्ने भएका हुन्। यो मुलुकमै डाइबेटिजसम्बन्धी पहिलो सेन्टर हुनेछ।
डायबिटिज सेन्टर’ सञ्चालनको समझदारीपत्रमा अस्पतालका निर्देशक डा. रमेश माकजु श्रेष्ठ र लायन्सका निवर्तमान गभर्नर सुदर्शनधर प्रधानांगले हस्ताक्षर गरे।
मधुमेह बारेमा जनचेतना वृद्धि गर्नुका साथै बिरामीको निगरानी गर्न लायन्ससँग सहकार्य गरेको अस्पतालका निर्देशक श्रेष्ठले बताए।
लायन्सका निवर्तमान डिस्ट्रिक्ट गभर्नर एवं परियोजना प्रमुख प्रधानांगले अस्पतालसँगको समझदारीपत्रमा ३ वर्षका लागि सेन्टर चलाउन हस्ताक्षर गरेकाे भन्दै त्यसपछि पनि सहयोग गर्दै जाने बताए।
धुलिखेल अस्पताल हातामा स्थापना हुने सेन्टरले बिरामीको उपचारको साथै मधुमेहको मुख्य कारक मानिएको खानपिन, जीवनशैलीमा सचेतीकरण अभियानमा जोड दिने बताइएको छ। र निरन्तरतालाई ध्यानमा राख्दै
धुलिखेल अस्पतालले तालिमप्राप्त नर्सको अगुवाइमा डाइबेटिज सेन्टर सञ्चालन गर्ने योजना बनाएको हो। यसका लागि उनीहरूलाई विशिष्टीकृत तालिमसमेत दिइसकिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण