Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य बिमाले अस्पताल पुग्ने बिरामीको संख्या दोब्बर

स्वास्थ्य बिमाले अस्पताल पुग्ने बिरामीको संख्या दोब्बर

अर्घाखाँची : स्वास्थ्य बिमा लागू भएपछि अस्पताल पुग्ने बिरामीको संख्या दोब्बर बढेको छ। सन्धिखर्क अस्पतालमा दैनिक २० देखि २५ आउने गरेकोमा बिमा कार्यक्रम लागु भएपछि अहिले ८० देखि ९० पुग्ने गरेका छन्।

जिल्लामा २०७५ जेठ १४ मा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको थियो। अस्पतालका अनुसार आर्थिक वर्ष ०७५\७६ मा १२ हजार सात सय ९१ जनाले स्वास्थ्य जाँच गराएका थिए। आर्थिक वर्षको ०७६\७७ सालकाे साउन, भदौ र असोज महिनामा नौ हजार आठ सय ८० बिरामीले जाँच गराएका छन्।

अस्पतालमा ल्याब, भिडियो एक्स–रे, एक्स–रे, निम्बुलाइजरलगायत सेवा उपलब्ध छ। चेकजाँचको सुविधा पाए पनि औषधि नपाएको गुनासो गरेका छन्। औषधि र  सलाइनसम्म पनि  बाहिर क्लिनकमा किन्नुपरेको उनीहरूकाे भनाइ छ।

जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूले बिमा दाबी गरेबापतको रकम सहज रूपमा भुक्तानी गरेको स्वास्थ्य बिमा बोर्ड अर्घाखाँचीका प्रमुख डिकेन्द्रबहादुर विष्टले बताए। स्वास्थ्य संस्थाहरूलाई औषधि व्यवस्थापन गर्न आग्रह गरेको उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार