प्रधानमन्त्रीले भने, अस्पतालबाट चाँडै निस्किहाल्छु
काठमाडौं : ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै ठिक भई काममा फर्किने बताएका छन्।
मिर्गौलामा गम्भीर समस्या देखिएका कारण बुधबारदेखि धापासीस्थित ग्राण्डी अस्पतालको आईसीयूमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले आफ्ना प्रेस सल्लाहकार डा. कुन्दन अर्याललाई काममा फर्किन आतुर रहेको बताएका हुन्।
डाक्टरहरूको राउन्डका बेला प्रधानमन्त्रीसँग छोटो कुरा भएको र उनले आफू अस्पतालबाट काममा फर्किन आतुर रहेको बताएको अर्यालले जानकारी दिए। बिहीबार नै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि प्रधानमन्त्रलिाई भेटी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
डाक्टरहरूले भने ओलीलाई केही दिन अस्पतालमै राखेर आराम गराउन चाहेको जनाइएको छ। अस्पतालमै ‘अब्जर्भेसन’ मा राख्दा राम्रो हुने उनीहरूको भनाइ छ।
ग्राण्डीको १४औँ तल्लास्थित आईसीयू कक्षमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ। उनकाे मिर्गौलाले काम गर्न छाडेको पाइएपछि बुधबार दिउँसो नै डाइलाइसिस गरिएको थियाे। उनलाई श्वासप्रश्वासको पनि समस्या देखिएको छ।
ओलीको उपचारमा निजी चिकित्सक डा.दिव्यासिंह शाह, दिलिप शर्मा, चक्रराज पाण्डे र प्रेम ज्ञवाली संलग्न छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित