Health TV Online
Health TV Online
Health TV Online

१० वर्षभित्र कुपोषण दर १५ प्रतिशतमा झार्ने लक्ष्य

१० वर्षभित्र कुपोषण दर १५ प्रतिशतमा झार्ने लक्ष्य

काठमाडौं : राष्ट्रिय योजना आयोगले सन् २०३० पाँच वर्षमुनिका बालबालिकाको कुपोषण दर १५ प्रतिशतमा झार्ने लक्ष्यप्राप्तिका लागि काम भइरहेको जानकारी दिएको छ ।  त्यसका लागि सचेतना र ठूलाे लगानी आवश्यक रहेको आयोगले बताएकाे छ ।

सन् २०१६ मा गरिएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले नेपालमा पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशत कुपोषित रहकाे देखाएकाे थियाे।

राष्ट्रिय तथ्यांक विभागकाे तथ्यांकअनुसार सन् २०१६ मा पाँच वर्षमुनिको जनसंख्या २८ लाख ४४ हजार ९ सय ४८ छ। यसमध्ये कुपोषित बालबालिकाको संख्या १० लाख २४ हजार १८१ छ ।

यसैबीच १८ कात्तिकदेखि २१ सम्म काठमाडौंमा आयोजना हुने पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि तीव्ररूपमा तयारी भइरहेकाे  छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार