Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर पीडितलाई चार लाख रुपैयाँ सहयोग

क्यान्सर पीडितलाई चार लाख रुपैयाँ सहयोग

बागलुङ : आन्द्राको क्यान्सर भएका काठेखोला गाउँपालिका–३ धम्जाका गणेश खत्रीको उपचारका लागि चार लाख रुपैयाँ सहयोग जुटेको छ।

मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहेका खत्रीको उपचारका लागि देश तथा विदेशमा सञ्चालित सहयोग सङ्कलन अभियानबाट सो रकम जुटेको हो।

सङ्कलित रकम हस्तान्तरण गरिएको खत्रीको उपचारमा संलग्न नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल श्रीषले जानकारी दिए। पत्रकार श्रीष, काठेखोला गाउँपालिका–३ का वडासदस्य खुम भण्डारी, युवा व्यवसायी ओम केसीलगायतले विदेशमा रहेका आफन्तमार्फत सहयोग सङ्कलन अभियान चलाएका हुन्।

खत्रीको उपचारार्थ जापानबाट कलाकार सूर्य खड्कालगायतको पहलमा दुई लाख, कोरियाबाट मनोज थापाको पहलमा  ९० हजार र साउदी अरबबाट चित्र भण्डारीको पहलमा ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको अभियन्ता श्रीषले बताए।

भारतको सिलोङमा काम गर्दै आएका खत्रीको उपचारमा चार लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको श्रीमती सावित्राले बताइन्।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार