सरकारी अस्पतालमै रेबिज भ्याक्सिन अभाव
तनहुँ : जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पतालमै रेबिज भ्याक्सिन अभाव भएको छ। दमौली अस्पतालमा विगत केही महीनादेखि रेबिज भ्याक्सिन अभाव भएको हो।
सरकारी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध हुने भए पनि अस्पतालमा भ्याक्सिन नहुँदा कुकुरले टोकेका बिरामीले निजी अस्पतालमा बढी शुल्क तिरेर उपचार गराउनुपर्ने बाध्यता आएको छ। व्यास नगरपालिका–१ हाई स्कुलटारका एक व्यक्तिलाई मंगलबार कुकुरले टोकेपछि दमौली अस्पतालमा लैजाँदा स्वास्थ्यकर्मीले रेबिज भ्याक्सिन नभएको बताएको स्थानीय सनम तामाङले जानकारी दिए।
सरकारी अस्पतालमै रेबिज विरुद्धको भ्याक्सिन नहुँदा सर्वसाधारणले महंगोमा निजी अस्पतालबाट उपचार गराउनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले गुनासो गरे।
दमौली अस्पतालमा दैनिक पाँच\दश जना बिरामी रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउने गरेका छन् । निजी स्वास्थ्य संस्थाले रेबिज विरुद्धको भ्याक्सिनको रु ५०० देखि ६०० सम्म लिने गरेका छन् । कुकुरले टोकेका घाइतेलाई चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार चारदेखि पाँचवटा भाइल एन्टि रेबिज भ्याक्सिन लगाउनुपर्ने हुन्छ।
दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालमा रेबिज भ्याक्सिन अभाव भएपनि कहिलेदेखि अभाव भयो भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताए।
यो विषयमा प्रतिक्रिया लिन अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुनिल पौडेललाई पटकपटक फोन गर्दा सम्पर्क हुन नसकेकाे राससले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित