सकिएन प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण, भोलि बिहानसम्ममा ‘डिस्चार्ज’ हुने
काठमाडौं : ग्राण्डी अस्पतालले नियमित स्वास्थ्य परीक्षणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ परीक्षण पूरा भएपछि ‘डिस्चार्ज’ गरिने जनाएको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले स्वास्थ्य परीक्षण सकिएपछि बुधबार राति वा बिहीबार बिहानसम्म डिस्चार्ज गरिने जनाएको हो।
स्वास्थ्य परीक्षणको सबै रिपोर्ट आउन बाँकी रहेकाले राति अस्पतालमै रहने सम्भावना रहेको बताइएको छ। प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषण गरिरहेका जनाएका छन्।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली बिहान साढे ९ बजे अस्पताल पुगेका थिए। प्रधानमन्त्री ओलीलाई केहीबेर अघि आईसीयूबाट किड्नी ट्रान्सप्लान्ट युनिटमा सारिएको अस्पताल स्रोतले जनाएको छ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण