Health TV Online
Health TV Online
Health TV Online

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

बैतडी : सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउदलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो ।

प्रसूति सेवा केन्द्र लेकममा बच्चा जन्माएपछि अत्यधिक रक्तस्राव भएका कारण उनको उद्धार गरिएको हो। साउदलाई राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

‘अत्यधिक रक्तस्राव भएको खबर पाएपछि हेलिकप्टरको व्यवस्था गरेका हौँ’, उनले भने। सुत्केरीको साथमा रहेकी प्रसूति सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहराका अनुसार साउदको अवस्था सामान्य रहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार