स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता आउने
काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धानलाई विश्वस्तरको मापदण्डमा पुर्याउन नयाँ आचारसंहिता ल्याउने भएको छ।
नेपालमा स्वास्थ्यसम्बन्धित खोज, अुनसन्धानलाई विश्वस्तरमा पुर्याउन र मान्यता दिन आचारसंहिता ल्याउन लागेको परिषद्का कार्यकारी अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले जानकारी दिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् १९५५, सन् २००१ र सन् २०११ मा अनुसन्धानको आचारसंहिता जारी गरेको थियो। ‘विद्यमान आचारसंहितालाई परिमार्जन गर्दै नयाँ आचारसंहिता ल्याउन लागेका हौँ’, उनले भने।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभित्र आचारसंहिता आउने छ। आचारसंहितामा अनुसन्धानको प्रस्ताव लेखनदेखि अनुुसन्धानका प्रत्येक चरण तथा अनुसन्धानका नतिजासम्मलाई ध्यान दिइएको बताइएको छ।
हाल परिषद्ले तयार पारेको आचारसंहिताको मस्यौदालाई स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य अनुसन्धानको साझा संस्था फोरम अफ इथिकल रिभ्यु कमिटिज इन एसिएन एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) का प्रतिनिधिहरूले अध्ययन गरिरहेका जनाइएको छ।
परिषद्ले स्वास्थ्य मन्त्रालयको आवश्यकता र पछिल्ला जनस्वास्थ्यमा देखिएका दुवै प्रकारका स्वास्थ्यसित सम्बन्धित अनुसन्धान गर्ने गर्दछ। पछिल्लो समय परिषद्ले तराई–मधेशका विशेष गरी थारु समुदायमा देखिएको सिकलसेलको बारेमा अनुन्धान गर्दै आएको छ।
साथै नसर्ने रोग मिर्गौला, मुटु रक्तचाप, मधुमेह, क्यान्सरको स्थितिका बारेमा केही जिल्लामा घरघुरी सर्वेक्षण कार्य जारी राखेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण