Health TV Online
Health TV Online
Health TV Online

इँटाभट्टामा कार्यरत श्रमिकलाई दीर्घरोग

इँटाभट्टामा कार्यरत श्रमिकलाई दीर्घरोग

काठमाडौँ : उपत्यकाभित्रका इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग हुने गरेको पाइएको छ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) नामक गैरसरकारी संस्थाले काठमाडौँ उपत्यकाका इँटाभट्टामा गरेको अध्ययन प्रतिवेदनमा इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग पाइएको जनाएको छ।

इँटाभट्टा र वरिपरिबाट निस्कने धुलो र धुवाँले दीर्घरोग हुने भए पनि ७५ प्रतिशत मजदुरलाई यसको असरबारे जानकारी नै नभएको शुक्रबार सार्वजनिक भएको सो अध्ययनले जनाएको छ।

अध्ययन प्रतिवेदनअनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र निमोनिया भएको देखिएको छ। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुजन जोशीले नेपालमा बर्सेनि व्यवसायजन्य दुर्घटनामा २०० भन्दा बढीको मृत्यु हुने गरेको जानकारी दिए। उद्योग प्रतिष्ठान व्यवसायजन्य स्वास्थ्यको दृष्टिकोणले सुरक्षित बनाउन मन्त्रालयले निर्देशन दिएको उनले बताए।

अध्ययनकर्ता पूर्णभक्त दुवालले इँटाभट्टामा मजदूरको स्वास्थ स्थिति भयावह रहेको र मजदूरले घाम र चिसोबाट बच्नका लागि आश्रमस्थल नै नभएको प्रतिवेदन सार्वजनिक गरे। उनले श्रमिकको वासस्थान चार फिटभन्दा अग्लो नभएको, भुइँको चिसोमा सुत्न बाध्य भएको, शौचालय अव्यवस्थित र खानेपानी पनि अस्वस्थकर पाइएको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार