लमहीमा बन्दै सुविधासम्पन्न सर्पदंश उपचार केन्द्र
दाङ : लमही नगरपालिकाले भेन्टिलेटरसहितको सुविधा सम्पन्न सर्पदंश उपचार केन्द्र निर्माण थालेको छ। लमही–४ स्थित लमही अस्पताल परिसरभित्र अत्याधुनिक सर्पदंश उपचार केन्द्र बनाउन थालिएको हो।
भवनको पहिलो तल्लामा भेन्टिलेटरसहित उपचार सेवा, दोस्रो तल्लामा रक्त संकलन केन्द्र स्थापना गरिने बताइएको छ। लमही नगरपालिकाको लगानीमा सर्पदंश उपचार केन्द्रको भवन बनाउन शुरु गरिएको हाे। नगरप्रमुख कुलबहादुर केसीका अनुसार एक करोड १० लाख रूपैयाँ लागतमा भवन बनाउन लागिएको हाे।
दाङमा सर्पदंशका कारण प्रत्येक वर्ष ६–७ जनाकाे मृत्यु हुने गरेकाे छ। भेन्टिलेटर नहुँदा बिरामीलाई बुटवल, नेपालगञ्ज रिफर गर्नुपर्ने बाध्यता छ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरको प्रादेशिक अस्पताल र लमही अस्पतालमा एन्टिस्नेक भेनम रहे पनि भेन्टिलेटरलगायत पूर्वाधार नहुँदा उपचार प्रभावकारी बन्न सकेको छैन।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित