अझै खुला ठाउँमा शाैच गर्छन् वीरगञ्ज महानगरका ३० प्रतिशत
वीरगञ्ज : प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्ज क्षेत्रभित्र रहेको सबै घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझ पनि खुला ठाउँमा दिसापिसाब गर्छन्।
३२ वडा रहेको नगर क्षेत्रभित्र वडा नं २०, १७, १९, १८, २७, २६ र २९ वडाका बासिन्दाको घरमा चर्पी भए पनि जनचेतनाको अभावको कारण खुला ठाउँमै दिसापिसाब गर्ने गरेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको वातावरण तथा हरियाली प्रवर्धन शाखाका प्रमुख सुनिलकुमार कर्णले बताए।
ती वडाका बासिन्दा आर्थिकरुपमा सम्पन्न भए पनि प्रत्येक घरमा शौचालय हुँदाहुँदै जनचेतनाको अभावको कारण बाहिरनै दिसापिसाब गर्ने गरेकाले महानगरपालिकाले त्यस्ता घरधनीलाई कारवाहीको दायरामा ल्याउने सोच बनाएको छ ।
३२ वडामध्ये ३० वटा वडामा सार्वजनिक शौचालय रहे पनि महानगरपालिकाले यात्रुको सुविधालाई ध्यानमा २५ सेट घुम्ती शौचालय सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान शुरु भएको हो ।
महानगरपालिकाले यो अभियानअन्तर्गत शून्य अनुदानमा घरघरमा चर्पी बनाउने कामलाई कार्यान्वयनमा ल्याएपछि घरघरमा चर्पी निर्माण गरिएको हो। प्रदेश नं २ मा नौ लाख ३३ हजार ६४९ घरधुरीमा शौचालय बनेको छ।
प्रतीकात्मक तस्विर





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण