विज्ञापन नखुलाएकोमा आयुर्वेद चिकित्सक संघको आपत्ति
काठमाडौं : आयुर्वेद समूहमा अधिकृत नवौँ तहमा रिक्त रहेको दरबन्दीमा समेत पदपूर्तिका लागि विज्ञापन नगरिएको भन्दै नेपाल आयुर्वेद चिकित्सक संघले आपत्ति जनाएको छ।
आइतबार विज्ञप्ति निकालेर संघले आर्थिक वर्ष २०६७ ७७ मा लोकसेवा आयोगबाट विज्ञापन नगरिएको भन्दै आपत्ति जनाएको हो। स्वास्थ्य मन्त्रालयको लापरबाहीका कारण सर्वसाधारण गुणस्तरीय सेवा पाउनबाट वञ्चित भएको उसले बताएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालय तथा सम्बन्धित निकायहरूबाट भएको लापरबाहीले एकातिर विशेषज्ञ जनशक्तिको अभावमा आयुर्वेद स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भएको अवस्था छ’ संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतिर अध्ययन पूरा गरी फर्किसकेका जनशक्ति उपलब्ध हुँदाहुँदै पनि विज्ञापन नगरिँदा गुणस्तरीय सेवा प्रवाह निरन्तर खस्किँदै गइरहेको छ।’
अवधि बाँकी छँदै माग स्वीकृति फाराम भराई पदपूर्तिका लागि लोकसेवामा अनुरोध गर्न संघले माग गरेको छ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण