Health TV Online
Health TV Online
Health TV Online

‘नेपालमा महिलाका लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन आउनु ठूलो उपलब्धि हो’

‘नेपालमा महिलाका लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन आउनु ठूलो उपलब्धि हो’

काठमाडौं:  संयुत्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) की कार्यकारी निर्देशक डा.नतालिया कनेमले नेपालमा प्रजनन स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार भएको भए पनि चुप लागेर बस्ने अवस्था भने नभएको बताएकी छिन्।

सोमबार नेपालस्थित संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) ले आयोजना गरेको पत्रकार सम्मेलनमा  नेपाल भ्रमणमा रहेकी नतालियाले नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन नै आइसकेकाले काम गर्न सजिलो हुने बताइ्न । अन्य केही देशमा अझै कानून नभएकाले काम गर्न गाह्रो भएको प्रसंग जोड्दै नेपालमा सबै क्षेत्र लागिरहेकोमा खुशी समेत व्यत्त गरिन ।

उनले यौन तथा प्रजनन स्वास्थ्य एवं किशोर किशोरीका विषयवस्तुमा जनचेतना फैलाउन मिडियाको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गरिन्। उनले यो सँगै किशोरकिशोरीका मुद्दामा युवा जमातलाई सहभागी गराउन आवश्यक रहेको समेत उल्लेख गरिन्।

नेपाल लगायत १७९ मुलुकले अनुमोदन गरेको जनसंख्या र विकास सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आइसीपिडी को २५औं वार्षिकोत्सव मनाउने सन्दर्भमा अझ यसलाई उपलब्धिमूलक बनाउन नेपालको प्रतिवद्धताका लागि उनी नेपाल उच्चस्तरीय भ्रमणमा आएकी हुन्।

यूएनएफपीएले सन् २०३० सम्ममा तीन शून्यमा पुग्ने लक्ष्य राखेको छ । जस अन्तर्गत परिवार योजनाको अपरिपूर्त मागलाई शून्यमा झार्ने,रोक्न सकिने मातृ मृत्युलाई शून्यमा झार्ने र लैंगिक हिंसा तथा हानिकारक अभ्यासहरुलाई शून्यमा झार्ने रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार