Health TV Online
Health TV Online
Health TV Online

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड

चितवन : चितवन मेडिकल कलेज (सीएमसी) मा तोडफोड भएको छ। उपचारकाे क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशितहरूले आइतबार साँझ तोडफोड गरेका हुन्।

नाकको अप्रेसन गर्न आएकी नवलपरासी मध्यबिन्दु नगरपालिका ९ की ३२ वर्षीय आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृत्यु भएको थियो। ज्ञवालीको अस्वभाविक मृत्यु भएको भन्दै उनका आफन्तलगायतले आइतबार तोडफोड गरेका हुन्।

घटनाका विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल चलिरहेको अवस्थामा अस्पताल बाहिरबाट गएको एक समूहले तोडफोड गरेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालको भनाइ छ।

तोडफोडपछि भिडलाई तितरबितर पार्न प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेकाेथियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार