मेडिकल काउन्सिलले ताेक्याे एमबीबीएस र बीडीएसको सिट
काठमाडौं : नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ।
चिकित्सा शिक्षा आयोगको आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६\७७ लागि मेडिकल कलेजहरूका लागि नयाँ सिट निर्धारण गरेको हो।
काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ।
काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबीबीएस १०० र बिडीएस ५०), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबिबीएस ६५), काठमाडौँ स्कूल अफ मेडिसिन धुलिखेल (एमबीबीएस ८५ र बीडीएस ५०), नोबेल मेडिकल कलेज (एमबीबीएस १०० र बीडीएस ३५) ले सिट पाएका छन्।
यसैगरी विराट मेडिकल कलेज (एमबीबीएस ७५), काठमाडौँ मेडिकल कलेज (एमबीबीएस १०० र बीडीएस ५०), नेपाल मेडिकल कलेज (एमबीबीएस १०० र बिडीएस ५०), कलेज अफ मेडिकल साइन्सेस (एमबीबीएस १०० र बीडीएस ५०) र लुम्बिनी मेडिकल कलेज (एमबीबीएस १००) सिट सङ्ख्या निर्धारण गरेको छ।
यस्तै नेपालगञ्ज मेडिकल कलेज (एमबीबीएस १००), मनिपाल मेडिकल कलेज (एमबीबीएस १००), देवदह मेडिकल कलेज (एमबीबीएस ५०) र कान्तिपुर डेन्टल कलेज (बीडीएस ५०) को सिट सङ्ख्या निर्धारण गरेको काउन्सिलले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण