स्तन क्यान्सरबारे जनचेतना फैलाउन वाकथन
काठमाडौं : स्तन क्यान्सरबारे जनचेतना फैलाउन शनिबार वाकथन गरिएको छ । क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी लगायतका संस्थाले संयुक्त रुपमा यो कार्यक्रमको आयोजना गरेका हुन्।
‘हामीसँगै हिड्नुहोस्’ भन्ने नारासहित जावलाखेलस्थित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरबाट सुरु भएको वाकथन पाटन दरबार क्षेत्र पुगी जुम्बा डान्ससँगै सम्पन्न भएको थियो।
विश्वभरी नै अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । यही सन्दर्भ पारेर विभिन्न संस्थाहरुले जनचेतनामूलक कार्यक्रम गरिरहेका छन्। ‘पिंक वाकथन’ नाम दिइएको वाकथनमा सहभागी सबैले पिंक टिसर्ट लगाएका थिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित