क्यान्सरबाट मृत्यु भएकाहरुको सम्झना गर्दै नेपाल क्यान्सर अस्पतालले गर्यो दिप प्रज्वलन
काठमाडौं : क्यान्सरबाट मृत्यु भएका व्यक्तिहरुलाई सम्झदैं शुक्रबार दिप प्रज्वलन गरिएको छ ।
हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफ्ना बिरामीहरुको सुस्वास्थ्यको कामना गर्दै र क्यान्सरबाट मृत्यु भएकाको सम्झना गर्दै दिप प्रज्वलन गरेको हो । हरेक वर्ष अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउने गरिन्छ । यही सन्दर्भ पारेर अस्पतालले दिप प्रज्वलन गरेको हो ।
कार्यक्रममा क्यान्सरबाट निको भएका व्यक्ति , उपचारमा रहेका बिरामी एवं अस्पतालका कर्मचारीहरु सहभागी थिए ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?