Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यका कर्मचारी समायाेजनसम्बन्धी गुनासाे दर्ता बन्द

वैद्य र ल्याब असिस्टेन्टकाे गुनासो भने दर्ता गरिने

स्वास्थ्यका कर्मचारी समायाेजनसम्बन्धी गुनासाे दर्ता बन्द

काठमाडौं : स्वास्थ्य मन्त्रालयले समायोजनका क्रममा चित्त नबुझेका कर्मचारीको गुनासो निवेदन दर्ता शुक्रबारदेखि नगर्ने जनाएकाे छ।

असोज १७ गतेसम्मको म्याद दिइए पनि हालसम्म गुनासो दर्ता गर्ने क्रम नरोकिएको भन्दै मन्त्रालयले अब गुनासाे दर्ता नगर्ने जनाएकाे हाे।

यद्यपि समायाेजनमा भएका त्रुटिहरू एवं वैद्य र ल्याब असिस्टेन्ट पदका लागि भने गुनासो दर्ता गरिने मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठद्वारा प्रेषित सूचनामा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार