स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयकाे पत्र, दरबन्दी नभए पनि समायोजन भएका सबैलाई हाजिर गराउनू
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी र दरबन्दी नै नभएका स्थानमा समायोजन भएर गएका सबै कर्मचारीलाई सोही तह र पदनाम कायम राखी कामकाज गराउन ७५३ वटै स्थानीय तहलाई पत्र पठाएको छ।
मन्त्रालयले बिहीबार पत्र लेखी दरबन्दीभित्र वा दरबन्दी बढी भएका सबै कर्मचारीलाई पद र पदनाममा हाजिर गराई कामकाजमा खटाउने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई आग्रह गरेको हो।
उपसचिव भानुभक्त न्यौपानेद्वारा प्रेषित पत्रमा कर्मचारी समायोजनका क्रममा भएका समस्याबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भएका तहमा कर्मचारी अवकाश भएर वा अन्य कुनै कारणले रिक्त दरबन्दीमा पदपूर्ति नगरी सामायोजन भएका कर्मचारीलाई मिलान गर्दै जाने भनिएको छ।
हेर्नुहाेस् मन्त्रालयकाे पत्र–






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित