Health TV Online
Health TV Online
Health TV Online

जनकपुरमा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण तालिम शुरु

जनकपुरमा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण तालिम शुरु

जनकपुर : पत्रकारहरूका लागि प्रजनन स्वास्थ्य, लैंगिकता, युवा तथा जनसंख्यासम्बन्धी तीनदिने अभिमुखीकरण तालिम शुरु भएको छ।

सामाजिक विकास मन्त्रालय, महिला सशक्तिरण अभियान र यूयनफपीएको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा धनुषा, सर्लाही र रौतहटका ३० जना पत्रकार सहभागी छन्।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश २ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नवलकिशोर झाले स्वास्थ्य सम्बन्धी सूचना सबैसम्म पुर्याउन मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताए।

तीनदिन चल्ने तालिममा प्रजनन स्वास्थ्य, परिवार नियोजन, किशोरावस्था लगायतका विषयमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा छलफल हुने आयोजकको भनाइ छ ।

तालिममा सहभागी पत्रकारहरूले स्वास्थ्यको विषय अझै प्राथमिकतामा नपरेको बताए। उनीहरूले सञ्चार माध्यमले पनि राजनीतिसम्बन्धी नै समाचार खोज्ने गरेको बताए। उनीहरूले स्वास्थ्यमा रिपोर्टिङ गर्न प्राविधिक कुराले समस्यामा पार्ने गरेको अनुभव सुनाए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार