कर्णालीमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति
सुर्खेत : कर्णाली प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको पाइएको छ।
नेपाल रेडक्रस सोसाइटीद्वारा वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत आँखा अस्पतालमा आउने बिरामीको तथ्याङ्कलाई आधार मानेर अस्पतालले प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको अनुमान गरेको हो।
अस्पतालका अनुसार करीब नौ हजार नागरिकमा मोतियाविन्दुको समस्या छ। अस्पतालका प्रबन्धक घनबहादुर थापाले बिरामीमध्ये तीन हजार ४०० नागरिकसम्म मात्र उपचारको पहुँच पुगेको बताए।
‘कर्णालीका कतिपय जिल्लामा स्तरीय आँखा उपचार केन्द्र छैनन्, दूरदराजमा अझै आँखाको समस्यालाई स्वास्थ्य समस्या मान्ने गरिएको छैन’, उनले भने, ‘आँखा संवेदनशील अङ्ग भए पनि भौगोलिक विकटता, साक्षरताको कमी र गरीबीका कारण थुपै्र न्यून दृष्टियुक्त व्यक्ति अस्पतालसम्म आउन सक्दैनन्।’
कर्णाली प्रदेशको एक मात्र सुविधासम्पन्न आँखा अस्पताल भएकाले यहाँ दिनहुँ बिरामीको भीड लाग्छ। प्रबन्धक थापाले प्रदेशका ६० हजार नागरिकलाई बर्सेनि आँखासम्बन्धी समस्याको निदानका साथै परामर्श दिने गरेको जानकारी दिए। अस्पतालले हालसम्म झण्डै एक हजारभन्दा बढीको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण