औषधि उत्पादक संघको अध्यक्षमा क्षेत्री
काठमाडौं : नेपाल औषधि उत्पादक संघको अध्यक्षमा जी नारायणबहादुर क्षेत्री विजयी भएका छन्। बुधबार भएको संघको २५औँ वार्षिक साधारणसभाले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
क्षेत्रीले २७ मत प्राप्त गरे भने प्रतिस्पर्धी प्रज्वलजंग पाण्डेले २२ मत पाए। क्षेत्री निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् भने पाण्डे महासचिव हुन्।
सहमतिबाटै अध्यक्ष चुन्ने प्रयास गरिए पनि दुवै उम्मेदवारले अडान नछाडेका कारण अन्त्यमा मतदान नवनिर्वाचित क्षेत्रीले औषधि सबै उद्योगीहरूलाई समेटेर अघि बढ्ने प्रतिक्रिया दिए। पाण्डेले भने आफू कार्यसमिति बाहिर रहेर पनि संघलाई सहयोग गर्ने बताए।

संघको नयाँ कार्यसमितिका लागि प्रभात रूंगटा, विप्लव अधिकारी, सन्तोष बराल, पृथ्वी राजभण्डारी, महेश प्रसाद प्रधान, दिपेन्द्रबहादुर प्रधान, प्रेम जाटिया सुवर्णभक्त जोशी र विजयराज शाक्य सदस्य पदमा विजयी भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण