Health TV Online
Health TV Online
Health TV Online

दुई चिकित्सककाे भरमा मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल, जाँच्नुपर्छ दैनिक ६० बिरामी

दुई चिकित्सककाे भरमा मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल, जाँच्नुपर्छ दैनिक ६० बिरामी

नेपालगञ्ज : जनशक्ति निकै कम छ।बिरामीको चाप बढ्दो। भौतिक पूर्वाधार अभावमा भएका उपकरण थन्किएका छन्।

सहयोग तथा अनुदानका उपकरण राख्ने स्थान अभाव हुँदा सञ्चालनमै समस्या छ। वर्षातमा पानी भरिएर तलाउ बन्छ। मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज यस्तै नियतिबाट अघि बढिरहेको छ।

राससका अनुसार अस्पतालमा भूतपूर्व प्रहरी, अमर प्रहरी र बहालवाला प्रहरीका परिवारका सदस्य बिरामी भएमा निःशुल्क उपचार सेवा प्रदान गरिँदै आएको छ। १५ शय्याको अस्पतालमा बिरामीको चाप धेरै छ। चार डाक्टरको दरबन्दी रहेको अस्पतालमा दुई जनाले सेवा दिनुपरेको छ। दैनिक ६० बढी बिरामी उपचारका लागि पुग्ने गरेको क्षेत्रीय प्रहरी अस्पतालले जनाएको छ।

अस्पतालमा कार्यरत प्रहरी निरीक्षक डाक्टर महादेव देउजाका अनुसार साउनयता बिरामीको घुइँचो हुने गरेको छ। नयाँ प्रहरी भर्ना र तालिमको समयमा अस्पतालमा बिरामीको चाप बढ्छ।

भेरी अस्पतालमा कार्यरत कार्डियोलोजिस्ट डा. विपीन आचार्य र अर्थोपेडिक डा. प्रकाश थापाले बिरामीलाई सेवा दिइरहेको प्रहरी अस्पतालका प्रहरी निरीक्षक डा देउजाले जानकारी दिए।

‘अस्पतालमा चारको दरबन्दीमा हाल दुई डाक्टरमात्रै कार्यरत छौँ, बिरामीको चाप बढेको छ। सेवालाई थप प्रभावकारी बनाउन भेरी अस्पतालबाट डाक्टर ल्याएर सेवा दिइरहेका छौँ’, उनले भने। गम्भीर प्रकृतिका बिरामीको यहाँ उपचार हुन नसके नेपालगञ्ज मेडिकल कलेजमा पठाउने गरी सम्झौता भएको प्रहरी निरीक्षक डा. देउजाले बताए।

स्टाफ नर्समा दुईको दरबन्दी भएपनि प्रहरी नायब निरीक्षक रेखा भुसाल मात्रै कार्यरत छन्। दुई डाक्टरसहित एक स्टाफ नर्स, १५ सिएमए र एक ल्याब टेक्निसियन गरी १९ जनाले उपचार सेवा चुस्त बनाउनुपर्ने बाध्यता छ।

अस्पताललाई प्रदेश मातहत राख्ने निर्णय भएसँगै प्रदेश सरकारले स्तरोन्नति गर्ने तयारी गरेको थियो। तर अस्पताललाई पुनः संघ मातहत राख्ने निर्णय भएसँगै स्तरोन्नति रोकिएको डा. देउजाले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार