हुम्लाका पत्रकार बोहराको उपचारमा समस्या, सहयोग गर्न आग्रह
काठमाडौं : नेपाल पत्रकार महासंघले हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारमा सहयोग गर्न अपिल गरेको छ।
महासंघका महासचिव रमेश विष्टले मंगलबार विज्ञप्ति निकालेर बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन्।
पत्रकार बोहरा मस्तिष्काघातका कारण गम्भीर बिरामी भई काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका छन्।
राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको अर्जुनका दाजु विष्णु बोहराको नामको बचत खाता ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गर्न सकिने महासंघले जनाएको छ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !