हुम्लाका पत्रकार बोहराको उपचारमा समस्या, सहयोग गर्न आग्रह
काठमाडौं : नेपाल पत्रकार महासंघले हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारमा सहयोग गर्न अपिल गरेको छ।
महासंघका महासचिव रमेश विष्टले मंगलबार विज्ञप्ति निकालेर बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन्।
पत्रकार बोहरा मस्तिष्काघातका कारण गम्भीर बिरामी भई काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका छन्।
राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको अर्जुनका दाजु विष्णु बोहराको नामको बचत खाता ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गर्न सकिने महासंघले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण