डडेल्धुरा अस्पताल : एक चिकित्सकको भरमा
पर्शुरामधाम : डडेल्धुरा अस्पताल अहिले एक चिकित्सकको भरमा चलिरहेको छ। संघीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको छ।
राससका अनुसार सरकारले स्तरोन्नति गरी सेवा सुविधासहितको अस्पताल घोषणा गरे पनि पछिल्लो समयमा यसको सेवा खस्किएको छ ।
चिकित्सक, जनशक्ति र भौतिक संरचनाको अभावले गर्दा अस्पतालले दिनुपर्ने जति सेवा दिन सकिरहेको छैन। टिम अस्पतालका रूपमा परिचित हालको डडेल्धुुरा अस्पताल सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापना भएको हो।
यहाँका स्थानीय बसिन्दा र राजनीतिक दलका नेताहरूले आन्दोलन नै गरेका कारण त्यतिवेलाको टिम अस्पताललाई सरकारले गत २०७५ फागुन ३ गते उपक्षेत्रीय अस्पताल घोषणा गरेको थियो। गत असारमा प्रदेश मातहतमा गएको याे अस्पताललाई गत फागुनमा संघको मातहतमा रहनेगरी नाम परिवर्तन गरेर स्तरोन्नति गरिएको हो ।
स्तरोन्नति भए पनि अस्पतालमा दरबन्दी अनुसार चिकित्सक र दक्ष जनशक्ति नहुँदा डडेल्धुरा लगायत सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता छ। दैनिक २०० जनासम्म बिरामी आउने यो अस्पतालमा रहेका डाक्टरलाई बिरामी जाँच गर्न नै धौधौ छ।
कहिले प्रदेश सरकार त कहिले विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरी संघीय सरकारको मातहतमा राखिएको याे अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा बिरामी समस्यामा परेका छन्।
चिकित्सक अभावमा पहाडी क्षेत्रका बिरामीले चर्काे शुल्क तिरेर निजी अस्पताल तथा तराईका अन्य जिल्ला धाउनुपर्ने बाध्यता रहेकाले दरबन्दीअनुसारका चिकित्सक आउनुपर्ने स्थानीय वासिन्दाकाे माग छ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित