निवर्तमान सभामुख महराकाे डीएनए परीक्षण हुने
काठमाडौं : संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको ‘डीएनए’ परीक्षण हुने भएको छ।
काठमाडौं प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त बानेश्वरले पीडितको आरोपको पुष्टि गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेका हुन्।
घटनास्थलबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको भित्री भागकाे टुक्रा लगायतका सामग्री महराको भए नभएकाे प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको बताइएको छ।
पीडित महिलाले घटना भएकाे भनिएकाे दिन असाेज १२ गते उनले आफू (तत्कालीन)सभामुखबाट बलात्कृत भएको बताउँदै प्रहरी कन्ट्रोल १०० मा फोन गरेकी थिइन्। असोज १३ गते एक अनलाइनमार्फत घटना सार्वजनिक गर्दै उनले ती सामग्री देखाएकी थिइन्। भिडियो सार्वजनिक भएपछि मात्रै प्रहरीले ती प्रमाण संकलन गरेको थियो ।
‘चस्मा वा जुत्ताको भित्रीम अभियुक्तको पसिना वा अन्य प्रमाण हुनसक्ने भएकाले डीएनए परीक्षण गर्न लागेकाे प्रहरीले जानकारी दिएकाे छ।
पीडितकाे उजुरीसँगै असाेज १९ गते पक्राउ परेका महरा उच्च रक्तचापको समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचाररत छन्। प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न उनलाई मंगलबार अदालत लगेको छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै