औषधि पसलबाट लागूऔषध बिक्री
मोरङ : औषधि पसलबाट नै लागूऔषध बिक्री हुने गरेको पाइएको छ। सुनसरीको इटहरीस्थित तिरुपति मेडिकलका सञ्चालक नरेश यादव लागुऔषध बिक्री गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।
गत बिहीबार पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार सार्वजनिक गरेको हो।
मोरङको सुन्दरहरैंचा ४ निवासी यादवले इटहरीमा औषधि पसल सञ्चालन गर्दै आएका थिए। यादव र इटहरीका असिम श्रेष्ठलाई प्रहरीले लागूऔषध बिक्री गर्दैगर्दा पक्राउ गरेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार श्रेष्ठलाई सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वपश्चिम लोकमार्गबाट मोटरसाइकलमा लागूऔषध ओसार्दै गर्दा पक्राउ गरिएको हो।
पक्राउ परेका श्रेष्ठको साथबाट १६७० थान स्पास्पेन, १६७० थान काटाडोल–५०, ६ थान रिमोडोल–५०, एक थान मोबाइल सेट र को १३प १२७६ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएकाे छ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त