Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड

सप्तरी : राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीका आफन्तले तोडफोड गरेका छन्। समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै उनीहरूले अस्पतालमा तोडफोड गरेका हुन्।

सोमबार अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ डा‍. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव अस्पताल नआएपछि आक्रोशित बिरामीका आफन्तले तोडफोड गरेको अस्पतालले जनाएको छ।

बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ। तोडफोडमा संलग्न भएको आरोपमा राजविराज नगरपालिका–१ का २२ वर्षीय गुञ्जन झालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

अस्पताल प्रशासनले भने डा. झा बिदामा रहेको र अर्का डा. यादव आपत्कालीन कक्षमा बिरामीको उपचार गरिरहेका बेला तोडफोड भएको जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार