गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड
सप्तरी : राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीका आफन्तले तोडफोड गरेका छन्। समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै उनीहरूले अस्पतालमा तोडफोड गरेका हुन्।
सोमबार अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव अस्पताल नआएपछि आक्रोशित बिरामीका आफन्तले तोडफोड गरेको अस्पतालले जनाएको छ।
बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ। तोडफोडमा संलग्न भएको आरोपमा राजविराज नगरपालिका–१ का २२ वर्षीय गुञ्जन झालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
अस्पताल प्रशासनले भने डा. झा बिदामा रहेको र अर्का डा. यादव आपत्कालीन कक्षमा बिरामीको उपचार गरिरहेका बेला तोडफोड भएको जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण