हेलिकोप्टरबाट सुत्केरीको उद्धार
रुकुमपूर्व : मृत शिशुलाई जन्म दिएर थला परेकी पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा हेलिकप्टरबाट सोमबार पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए।
यही असोज १७ गते स्वास्थ्यचौकी मैकोटमा मृत शिशुको जन्म दिएपछि पुनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। स्वास्थ्यकर्मीले विशेषज्ञ डाक्टरकहाँ गएर औषधोपचार गर्न सल्लाह दिए पनि परिवारको लापरवाहीका कारण उनी घरमै बसिरहेकी थिइन्।
१७ गतेदेखि बिरामी परेकी पुन आज बिहान अचेत अवस्थामा पुगेपछि हेलिकाेप्टरबाट उद्धार उपचारका लागि पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल